२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

बाढी प्रभावितका लागि संघका प्रथम उपाध्यक्ष बस्नेतको आर्थिक सहयोग

Nada
२०८३ भदौ १२ गते १२:२४
Shares
बाढी प्रभावितका लागि संघका प्रथम उपाध्यक्ष बस्नेतको आर्थिक सहयोग

काठमाडौं : वैदेशिक राेजगार व्यवसायीहरूले भोटेकोशीमा आएको बाढीबाट पीडित भएकाहरूका लागि आपतकालीन सामग्रीका लागि सहायता दिइरहेका छन् ।

ncell

यसैक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष महेश बस्नेतले पनि बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् ।

प्रथम उपाध्यक्ष बस्नेतले रसुवाका बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्  ।

यसअघि संघका द्वितीय उपाध्यक्ष अनिल बोगेटीले ५० हजार, महासचिव डाँगीले ५० हजार र पूर्व प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले १ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन् । संघकी सदस्य भावना गजुरेलले पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिसकेकी छन् ।

यसैगरी बाढीपीडितका लागि प्याराडाइज इन्टरनेसनल प्रा.लि.ले ४ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर