२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

बाढीपीडितका लागि संघकी सदस्य भावना गजुरेलको आर्थिक सहयोग

Nada
२०८३ भदौ १२ गते १२:२१
Shares
बाढीपीडितका लागि संघकी सदस्य भावना गजुरेलको आर्थिक सहयोग

काठमाडौं : वैदेशिक राेजगार व्यवसायीहरूले भोटेकोशीमा आएको बाढीबाट पीडित भएकाहरूका लागि आपतकालीन सामग्रीका लागि सहायता दिइरहेका छन् ।

ncell

यसैक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघकी सदस्य भावना गजुरेलले पनि बाढीपीडितका लागि आर्थिक सहयोग गरेकी छन् ।

संघको कुवेत संयोजकसमेत रहेकी गजुरेलले रसुवाका बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेकी हुन्  ।

यसअघि संघका द्वितीय उपाध्यक्ष अनिल बोगेटीले ५० हजार, महासचिव डाँगीले ५० हजार र पूर्व प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले १ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन् ।

यसैगरी बाढीपीडितका लागि प्याराडाइज इन्टरनेसनल प्रा.लि.ले ४ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर