२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

विभागकाे प्रणालीमा २५ म्यानपावरकाे काममा अवराेध

Nada
२०८३ भदौ १० गते १७:३३
Shares
विभागकाे प्रणालीमा २५ म्यानपावरकाे काममा अवराेध

काठमाडौं : वैदेशिक राेजगार विभागले मलेसियाकाे फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा रजिस्टर्ड २५ जना वैदेशिक राेजगार व्यवसायीले मलेसियाको मागपत्र पूर्व स्वीकृतिका लागि पेस गर्न नसक्ने बनाएको छ ।

ncell

विभागकी महानिर्देशक मिरा आचार्यले युवा श्रम तथा राेजगार मन्त्रालयकाे पत्र अनुसार उक्त कदम चालिएको मध्यान्हलाई बताइन् । विभागकाे प्रणाली सम्बन्धित म्यानपावर कम्पनीले मलेसियाकाे मागपत्र पूर्व स्वीकृतिका लागि पेस गर्दा भिजिट टु डाेफे अर्थात् विभागमा सम्पर्क गर्नु भन्ने बनाएको छ ।

विभागले मन्त्रालयकाे पत्र अनुसार विभागमा बोलाएर लिखित जवाफ लिई वैदेशिक राेजगार ऐन २०६४ तथा वैदेशिक राेजगार नियमावली अनुसार छानबिन र अन्य प्रक्रिया अघि बढाउने  विभाग महानिर्देशक आचार्यले जानकारी दिइन् । 

ताजा खबर

सम्बन्धित खबर