
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सिन्डिकेटविरुद्धको संघर्षका लागि तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । मंगलबार संघमा भएको घटक तथा शुभेच्छुक संस्थाहरूका प्रतिनिधिसहितको बैठकबाट सिन्डिकेटविरुद्धको संघर्ष समिति गठन गरिएको हो ।
समितिको सदस्य–सचिवमा संघका महासचिव हरिबहादुर डाँगी (हिरा) रहेका छन् । संघर्ष समिति सदस्यमा सचिव केदारनाथ अधिकारी, कोषाध्यक्ष धनमाया सिंजाली, कार्यसमिति सदस्यहरू रमा खड्का, तारा तामाङ, तारामणी राई, धु्रव जिसी, भावना गजुरेल, रविन्द्र राई, विवश ढुंगाना, दीक्षा थपलिया, बाबुराम न्यौपाने, गीता राउत, राजेन्द्र बस्नेत, देवीप्रसाद गिरी, शिवहरि मैनाली र श्यामचन्द्र खतिवडा रहेका छन् ।
सल्लाहकारमा पूर्वअध्यक्ष दिलप्रसाद पोखरेल, प्रेम कटुवाल, बलबहादुर तामाङ, हंशराज वाग्ले, विमलप्रसाद ढकाल, रोहन गुरुङ, राजेन्द्र भण्डारी, भुवनसिंह गुरुङ र नवराज केसी रहेका छन् । यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, महासचिव सोमबहादुर तामाङ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरे र महासचिव सुमराज पाण्डे, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका उपाध्यक्ष परमेश्वर अधिकारी तथा महासचिव कुन्छा दोर्जे डिम्दोङ, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालका कार्यवाहक अध्यक्ष मिनप्रसाद तामाङ र उपाध्यक्ष अर्जुन साप्कोटा पनि सल्लाहकार रहेका छन् ।
अन्य सल्लाहकारमा नेपाल राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भीष्मराज अधिकारी र महासचिव लोकनाथ रिमाल, स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष छत्रबहादुर बस्नेत र महासचिव कमल निरौला, नेपाल मगर वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष ओमबहादुर जर्गा, नेपाल वैदेशिक रोजगार व्यवसायी विश्वकर्मा समाजका अध्यक्ष अमृत विश्वकर्मा र महासचिव पदम विश्वकर्मा, वैदेशिक रोजगार तामाङ व्यवसायी समाजका अध्यक्ष मोहनबहादुर स्याङवा र महासचिव तिलक तामाङ, नेपाल मुस्लिम वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष मल्जुम मियाँ, तराई वैदेशिक रोजगार व्यावसायिक समाजका अध्यक्ष नवल किशोर यादव, नेपाल वैदेशिक रोजगार व्यावसायिक एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री र उपाध्यक्ष हरिचन्द्र कुँवर, वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किसन प्रधान र महासचिव देवेन्द्र नारायण श्रेष्ठ रहेका छन् ।
त्यसैगरी नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी अध्यक्ष प्रतिमा महर्जन र महासचिव हिरादेवी बुढाथोकी, वैदेशिक रोजगार ललितपुर समाज ललितपुरका अध्यक्ष नवराज केसी, वैदेशिक रोजगार धौलाश्री समाजका अध्यक्ष रविन्द्र शेरचन, नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधिका अध्यक्ष तीर्थबहादुर गुरुङ, सिनामंगल इन्भेस्टमेन्ट इक अध्यक्ष कमलदेव मल्ल तथा वैदेशिक रोजगार किरात यायोख्या व्यवसायी समाजका अध्यक्ष चन्द्रप्रसाद राई सल्लाहकार रहेका छन् ।
आवश्यकताअनुसार संघर्ष समितिको संख्या थपघट गर्न सकिने बताइएको छ ।