२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

२५ मध्ये १५ को ‘सिन्डिकेट’ छाड्ने प्रतिबद्धता

Nada
२०८३ भदौ ९ गते २१:४२
Shares
२५ मध्ये १५ को ‘सिन्डिकेट’ छाड्ने प्रतिबद्धता

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा आबद्ध २५ नेपाली म्यानपावर कम्पनीमध्ये १५ म्यानपावरले ‘सिन्डिकेट’ छाड्ने प्रतिबद्धता जनाइसकेको बताएको छ । उनीहरूले युवा, श्रम तथा रोजगार मन्त्रालयमा एफडब्लुसिएमएसमा आबद्ध नरहेको प्रतिबद्धता पत्र पठाएका छन् ।

ncell

युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमअन्तर्गत रजिस्टर्ड भएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकसँग सोमबार गरेको छलफलमा उनीहरूले एफडब्लुसिएमएसमा रहेको रजिस्ट्रेसन खारेज गर्न तयार रहेको बताएका थिए ।

संघका महासचिव हिराबहादुर डाँगी (हरि)का अनुसार २५ म्यानपावर कम्पनीमध्ये मंगलबार साँझसम्म लाल धनुष इन्टरनेसनल सर्भिस प्रा.लि., नेपाल प्लेसमेन्ट एजेन्सी प्रा.लि., द रिभर ओभरसिज प्रा.लि., स्काइ पावर इन्टरनेसनल सर्भिसेस प्रा.लि., ट्रस्ट नेपाल ओभरसिज प्रा.लि., ह्वाइट हर्स इन्टरनेसनल प्रा.लि., बिएम ओभरसिज प्रा.लि., संयोग ओभरसिज प्रा.लि., ट्यालेन्ट ओभरसिज सर्भिसेस प्रा.लि., वाइड स्पेस इन्टरनेसनल प्रा.लि., एएनएस एसोसिएट्स प्रा.लि., अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस, बिलिभेबल ओभरसिज प्रा.लि., डिडी ह्युमन रिसोर्सेस ग्रुप प्रा.लि. र प्यारामाउन्ट इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्रा.लि.को प्रतिबद्धता आएको छ ।

संघले फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि., एसिया लिंक सर्भिसेस प्रा.लि., मोन्टेज ओभरसिज प्रा.लि., नेपाल एचआर सोलुसन प्रा.लि., एक्सेस पार्टनर्स प्रा.लि., ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेस प्रा.लि., इन्डो अरब म्यानपावर प्रा.लि., खोजी रिक्रुटमेन्ट सर्भिसेस प्रा.लि., अल–हयात म्यानेजमेन्ट सिस्टम प्रा.लि. र डि स्क्वायर्ड ग्रुपको प्रतिबद्धता आउन बाँकी रहेको बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर