२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

मञ्चद्वारा कट्टेल, पुरी र गुरुङलाई कारबाही

Nada
२०८३ भदौ ९ गते १२:००
Shares
मञ्चद्वारा कट्टेल, पुरी र गुरुङलाई कारबाही

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले तोकिएको समयमै स्पष्टीकरण पेस नगरी मञ्चको निर्णय अवज्ञा गरेको भन्दै तीन व्यवसायीको साधारण सदस्यता समेत समाप्त गरेको छ ।

ncell

मञ्च नेपालले मलेसियाको एफडब्लूसिएमएसमा नाम रजिस्टर्ड भएको सार्वजनिक भएपछि भदौ ७ गते २४ घण्टाभित्र स्पष्टीकरण माग गर्दै एसिया लिंक सर्भिसेस प्रा.लि.का सञ्चालक मिलन कट्टेल, द रिभर ओभरसिज प्रा.लि.का सञ्चालक रघुनाथ पुरी र ट्रस्ट नेपाल ओभरसिज प्रा.लि.का सञ्चालक रबिन गुरुङलाई चौबीस घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो ।

तोकिएको समयसीमाभित्र कुनै पनि संस्थाबाट स्पष्टीकरण वा जवाफ प्राप्त नभएको भन्दै कारबाही गरिएको मञ्चले जनाएको छ ।

तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरी मञ्चको निर्णय तथा निर्देशनको अवज्ञा गरेको विषयलाई मञ्चले गम्भीरतापूर्वक लिँदै मञ्च नेपालको विधान तथा संस्थागत अनुशासनबमोजिम मञ्चसँग आबद्ध साधारण सदस्यता समेत समाप्त गर्ने तथा आवश्यक संस्थागत कारबाही गर्ने निर्णय गरेको बताएको छ ।

मंगलबारदेखि कारबाही गरिएका संस्थाहरूको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको साधारण सदस्यता समेत कायम नरहने अध्यक्ष जनक रावलले बताए ।

मञ्चले कारबाहीको बोधार्थ जानकारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, यस क्षेत्रसँग सम्बन्धित सबै घटक संस्थाका अध्यक्ष तथा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघलाई दिएर कार्यालयमा अभिलेख गरिएको बताएको छ ।

मञ्चले मलेसियाको एफडब्लूसिएमएसमा तपाईंको संस्था कसरी र कुन प्रक्रियाबाट समावेश भएको हो ? नाम समावेश गराउन कुनै व्यक्ति, संस्था वा निकायसँग गरेको पत्राचार, सम्झौता वा अन्य सम्बन्धित कागजात भए सोको विवरण पनि उपलब्ध गराउन भनेको थियो । तर, उल्लेखित विषयमा मञ्चलाई आवश्यक सहयोग नभएको बताएको छ ।

कारबाहीमा परेका म्यानपावर कम्पनीहरूले सोमबार युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा मलेसियाको एफडब्लुसिएमएसमा सहभागी हुने नीति नरहेको भन्दै कम्पनीको नाम कसरी उक्त प्रणालीमा प्रवेश गरेको हो भन्नेबारे आफूहरू अनभिज्ञ रहेको जिकिर गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर