
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मलेसिया सिन्डिकेटविरुद्ध मंगलबार व्यवसायीको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।
एसोसिएसनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखिएको भन्दै त्यसविरुद्ध एकताबद्ध भई व्यवसाय र व्यवसायीको अस्तित्व, स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान सुरु गरेको समेत बताएको छ ।
व्यवसायी एक भएको अवस्थामा सिन्डिकेट परास्त हुने भन्दै एसोसिएसनले सिन्डिकेटविरुद्ध खबरदारी भेला तथा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको अध्यक्ष रामप्रसाद गैरेले जानकारी दिए ।
कार्यक्रम दिउँसो ३ बजेपछि बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा हुने बताइएको छ ।