२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

मलेसिया रोजगारीको सूचीमा परेका २५ म्यानपावरले नाम फिर्ता लिने

Nada
२०८३ भदौ ८ गते १७:५१
Shares
मलेसिया रोजगारीको सूचीमा परेका २५ म्यानपावरले नाम फिर्ता लिने

काठमाडौं : मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)अन्तर्गत रजिस्टर्ड भएका २५ वटा म्यानपावर कम्पनीले नाम फिर्ता लिन सहमति जनाएका छन् । 

ncell

युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलमा ती कम्पनीका  सञ्चालकहरूले नाम फिर्ता लिन सहमति जनाएका छन् । मलेसियाले शुक्रबार श्रमिक आपूर्ति गर्ने मुख्य स्रोत मुलुक नेपालका २५ म्यानपावर कम्पनीलाई एफडब्लुसिएमएसमा रजिस्टर्ड गरेको सार्वजनिक भएको थियो ।

नेपाल वैदेशिक राेजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले नाम फिर्ता गर्ने विषयमा भएको सहमति लेखबद्ध गर्ने काम भइरहेकाे प्रक्रिया टुंगोमा पुगेपछि प्रतिक्रिया दिने बताए ।

२५ म्यानपावर कम्पनीको सूचीमा फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि., लाल धनुष इन्टरनेसनल सर्भिस, नेपाल प्लेसमेन्ट एजेन्सी प्रा.लि., द रिभर ओभरसिज प्रा.लि., एसिया लिंक सर्भिसेस प्रा.लि., मोन्टेज ओभरसिज प्रा.लि., नेपाल एचआर सोलुसन प्रा.लि., स्काइ पावर इन्टरनेसनल सर्भिसेस, ट्रस्ट नेपाल ओभरसिज प्रा.लि., एक्सेस पार्टनर्स प्रा.लि., ह्वाइट हर्स इन्टरनेसनल प्रा.लि., ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेस प्रा.लि., बी.एम. ओभरसिज प्रा.लि., इन्डो अरब म्यानपावर प्रा.लि., संयोग ओभरसिज प्रा.लि., ट्यालेन्ट ओभरसिज सर्भिसेस प्रा.लि., वाइड स्पेस इन्टरनेसनल, खोजी रिक्रुटमेन्ट सर्भिसेस प्रा.लि., ए.एन.एस. एसोसिएट्स प्रा.लि., अल–हयात म्यानेजमेन्ट सिस्टम प्रा.लि., अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस, बिलिभेबल ओभरसिज प्रा.लि., डि स्क्वायर्ड ग्रुप, डीडी ह्युमन रिसोर्सेस ग्रुप प्रा.लि. र प्यारामाउन्ट इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्रा.लि. रहेका छन् । त्यसमध्ये एसिया लिंकलगायत ३ कम्पनीका सञ्चालक र अन्यका प्रतिनिधि छलफलमा सहभागी रहेको बताइएकाे छ । 

मन्त्रालयले संघको समन्वयमा २५ म्यानपावर कम्पनीका सञ्चालकसँग छलफल गरेकाे मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । 

संघसँगै मन्त्रालय पनि मलेसियाको एफडब्लुसिएमएसअन्तर्गत नेपालका २५ वटा म्यानपावर कम्पनी सूचीकरण भएको विषयको विपक्षमा उभिएको छ ।

ताजा खबर

सम्बन्धित खबर