२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

एफडब्लुसिएमएसअन्तर्गत रजिस्टर्ड भएका २५ वटा म्यानपावर कम्पनीमा उच्च सुरक्षा सतर्कता

Nada
२०८३ भदौ ७ गते १६:५२
Shares
एफडब्लुसिएमएसअन्तर्गत रजिस्टर्ड भएका २५ वटा म्यानपावर कम्पनीमा उच्च सुरक्षा सतर्कता

काठमाडौं : नेपाल प्रहरीले मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)अन्तर्गत रजिस्टर्ड भएका २५ वटा म्यानपावर कम्पनीमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । नेपाली श्रमिकहरूको प्रमुख तथा आकर्षक वैदेशिक रोजगार गन्तव्य मुलुक मलेसियामा श्रमिक पठाउन २५ कम्पनीको नाम सार्वजनिक भएपछि आक्रोशित व्यवसायीहरूले ती कम्पनीहरूमा तालाबन्दी गरिरहेका छन् ।

ncell

एफडब्लुसिएमएसमा दर्ता भएका २५ नेपाली म्यानपावर कम्पनीहरूमा फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि., लाल धनुष इन्टरनेसनल सर्भिस, नेपाल प्लेसमेन्ट एजेन्सी प्रालि., द रिभर ओभरसिज प्रालि., एसिया लिंक सर्भिसेज प्रालि., मोन्टेज ओभरसिज प्रालि., नेपाल एचआर सोलुसन प्रालि., स्काइ पावर इन्टरनेसनल सर्भिसेज, ट्रस्ट नेपाल ओभरसिज प्रालि., एक्सेस पार्टनर्स प्रालि., ह्वाइट हर्स इन्टरनेसनल प्रालि., ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेज प्रालि., बी.एम. ओभरसिज प्रालि., इन्डो अरब म्यानपावर प्रालि., संयोग ओभरसिज प्रालि., ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रालि., वाइड स्पेस इन्टरनेसनल, खोजी रिक्रुटमेन्ट सर्भिसेज प्रालि., ए.एन.एस. एसोसिएट्स प्रालि., अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि., अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस, बिलिभेबल ओभरसिज प्रालि., डी स्क्वायर्ड ग्रुप, डीडी ह्युमन रिसोर्सेस ग्रुप प्रालि. र प्यारामाउन्ट एम्प्लोयमेन्ट कन्सल्टेन्सी प्रालि. रहेका छन् ।

आइतबार सुरुमा एसिया लिंक, त्यसपछि द रिभर हुँदै फ्रन्टलाइन र नेपाल एचआरमा पुगेर तालाबन्दी गरिएको हो । तालाबन्दीका क्रममा घचेटाघचेट भएपछि प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर