२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

लक्ष्मी रिक्रुटमेन्टद्वारा रक्तदान कार्यक्रम आयोजना

Nada
२०८३ भदौ ७ गते ११:१४
Shares
लक्ष्मी रिक्रुटमेन्टद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं : लक्ष्मी रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा करिब तीन दर्जन रक्तदाताले रक्तदान गरेका छन् । राजधानीका अस्पतालहरूमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्न बी एन्ड बी अस्पतालको संयोजनमा रक्तदान कार्यक्रम आयोजना गरिएको उक्त प्रा.लि.का सञ्चालक लक्ष्मीप्रसाद गिरीले मध्यान्हलाई जानकारी दिए ।

ncell

सञ्चालक गिरीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको पनि बताए । प्रा.लि.का सञ्चालक लक्ष्मीप्रसाद गिरीसहित कार्यालयका सुभद्रा चौलागाईं, श्यामकुमार राई, राधा अधिकारी खत्री, अर्चना गिरी, ताराकुमारी नेपाली, नवीन पुरी, सुजन देउवाली, दिनेश पुरी, सागर गौली, गंगा बहादुर गिरी, शर्मिला बुढाथोकी, प्रदीप बिष्ट, सुरेश बस्नेत, प्रदीप गिरी, प्रकाश गिरी, इन्द्रप्रसाद गिरी, अनिश गिरी, रेशमराज पौडेल, सरोज तामाङ, सदिक्षा हमाल, अमित घिमिरे, सुसन गिरी, रविन्द्रकुमार यादव, चन्द्रबहादुर चौधरी, सञ्जु रानामगर र सुनिल रानामगरलगायत करीब तीन दर्जन व्यक्तिले रक्तदान गरेका छन् ।

रक्तदाताहरूलाई आयोजकका तर्फबाट प्रमाणपत्र वितरण गरिएको छ । सञ्चालक गिरीले समयमै रगत नपाए बिरामीको ज्यानै जोखिममा पर्ने भएकाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताए । कुनै दीर्घरोग नभएका कम्तीमा १८ देखि ६० वर्षसम्मका ४५ किलोग्राम तौल भएका व्यक्तिले कम्तीमा तीन महिनाको फरकमा रक्तदान गर्न सक्ने चिकित्सकहरू बताउँछन् । कम्पनीले रक्तदानका अतिरिक्त वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई निःशुल्क तालिम प्रदान गरेर संस्थाको सामाजिक उत्तरदायित्वको काम गरेको सञ्चालक गिरीले जानकारी दिए ।


 

सम्बन्धित खबर