२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

लोकतान्त्रिक एसोसिएसनमा ७ सल्लाहकार र ४ सदस्य चयन

Nada
२०८३ साउन २८ गते ०६:२०
Shares
लोकतान्त्रिक एसोसिएसनमा ७ सल्लाहकार र ४ सदस्य चयन

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ७ जना सल्लाहकार चयन गर्नुका साथै केन्द्रीय कार्यसमितिमा ४ जना व्यवसायी मनोनीत गरेको छ ।

ncell

उच्च अदालत पाटनको आदेशपछि बुधबार पदबहालीसँगै अध्यक्ष रामप्रसाद गैरेको अध्यक्षतामा बसेको एसोसिएसन कार्यसमिति बैठकले व्यवसायीहरू निवर्तमान अध्यक्ष दीपक थापा, तीर्थबहादुर गुरुङ, शंकरप्रसाद आचार्य, देवीप्रसाद काफ्ले, तारा रेग्मी, नवलकिशोर यादव र कमलदेव मल्ललाई सल्लाहकार चयन गरेको छ ।

त्यसैगरी, कार्यसमितिको सोही बैठकले प्रेमबहादुर मगर, दीपककुमार देव, धर्मानन्द कोइराला (रबिन) र खडानन्द घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

नेपाली कांग्रेसका मूल्य, मान्यता र सिद्धान्तप्रति अडिग रहँदै संस्थाको उद्देश्य तथा कार्यसमितिलाई आवश्यक सल्लाह, सुझाव एवं मार्गदर्शन प्रदान गरी संस्थाको विधानमा उल्लेखित उद्देश्य प्राप्तिका लागि सल्लाहकार तथा सदस्यहरूबाट महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको महासचिव सुमनराज पाण्डेले बताए ।

एसोसिएसनले वैदेशिक रोजगार क्षेत्र सुधारका विभिन्न १५ बुँदे मागसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा जारी आन्दोलन सफल बनाउन सक्रिय रहने पनि निर्णय गरेको छ ।

सम्बन्धित खबर