२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

ऱ्यापर भिटेनले कतारमा प्रस्तुति दिँदै

shivam cement
तिलु शर्मा पौडेल
२०८१ साउन २९ गते २१:१०
ऱ्यापर भिटेनले कतारमा प्रस्तुति दिँदै

दोहा, कतार : पछिल्लो एक सालयता दर्जनौं कलाकार ल्याएर भव्य सांगीतिक प्रस्तुतिसहित मनोरञ्जन प्रदान गरेको अर्मानी क्लबले चर्चित ऱ्यापर भिटेनलाई कतार ल्याउने भएको छ । भिटेनले दोहाको टोयोटा सिङ्गल नजिक रहेको होटेल स्टाटियोको सातौं तलामा अवस्थित 'इन्फिनिटी क्लब'मा बिहीबार राति सांगीतिक प्रस्तुति दिनेछन् ।

भिटेनका हामी यस्तै त हो नि ब्रो, यात्रा, सिमसिमे पानी जिस्किने नानी, गल्ली सडक, चुरोट, माफ गरिदेउ आमा, थाहा छैन जस्ता गीतहरू युवायुवती माझ लोकप्रिय छन् । इन्फिनिटी क्लबका सञ्चालकद्वय रमेश केसी (तनहुँ) र सन्दीप भट्टराई (उदयपुर)ले मिलेर सञ्चालनमा ल्याएको अर्को साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारमा भने शुक्रवार राति प्रस्तुति दिने सञ्चालक भट्टराईले मध्यान्ह दैनिकलाई जानकारी दिए । भट्टराईले भिटेन आउने कुराले कतारमा रहेका उनका फ्यानहरूले अधिकतम टेबल बुक गरिसकेको जानकारी दिए ।

कार्यक्रममा प्रवेश शुल्क महिलाका लागि ५० र पुरुषका लागि १ सय कतारी रियाल रहेको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । अर्यालले दुवै दिनको कार्यक्रमका लागि क्लबको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक प्रस्तुति शुरु हुने बताए ।

ADV

सम्बन्धित खबर

Advertise