२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडर

Nada
२०८१ साउन २५ गते १२:२३
Shares
आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडर

काठमाडौं : टेक्नो ब्रान्डले नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सो नियुक्तिबारे जानकारी दिइयो । कार्यक्रममा विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काको उपस्थिति रहेको थियो ।

ncell

युवा र ऊर्जावान खेलाडीहरूका रुपमा चिनिएका आरिफ शेख र आसिफ शेखले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’को भावलाई दर्शाउनेमा विश्वास रहेको टेक्नोको भनाइ छ ।

टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, ‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौं । उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ। हामी आशा गर्छौं कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउनेछ ।’

सो अवसरमा आरिफ शेखले भने, ‘म यो साझेदारी र यसले दर्शकहरूलाई संलग्न गराउने सम्भावनाहरूबाट उत्साहित छु। एक क्रिकेटरको हैसियतमा, म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु किनकि खेल जगतमा मेरो उत्कृष्टताको खोजी यसको लक्ष्यसँग मिलेको छ ।’

आसिफ शेखले थपे, ‘टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको छ। यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु। यसले मलाई फ्यानहरूसँग जोडिने अवसरहरू सिर्जना गर्नेछ ।’

टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘आरिफ शेख र आसिफ शेखलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा पाउँदा हामी हर्षित छौँ । क्रिकेट मैदानमा उनीहरूको असाधारण प्रदर्शन र युवाहरूलाई प्रेरणा दिने क्षमताले टेक्नोको अत्याधुनिक विशेषताहरु झल्काउँछ । टेक्नोको इन्नोभेसन प्रतिको समर्पण र जोशसँगै यस सहकार्यले हामीलाई युवा पुस्तासँग जोडिन मद्दत गर्नेछ ।’

टेक्नोको नेपालको सबै ७७ जिल्लामा बलियो उपस्थिति रहेको छ भने १०% बजार हिस्सा ओगटेको छ । टेक्नो नेपाल देशको पाँचौं शीर्ष ब्रान्ड हो । टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको छ भने १०० दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड हो । साथै टेक्नो नेपालमा लगानी गर्न, साझेदारहरू र खुद्रा विक्रेताहरूका लागि उत्कृष्ट अवसरहरू प्रदान गर्न र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न समर्पित छ ।

सम्बन्धित खबर