२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको आग्रह

shivam cement
मध्यान्ह
२०८१ साउन २४ गते ११:४३
खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं : एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो ।

आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत प्यान अध्यावधिक गर्नका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ ।

उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची(१) मा करकट्टीको विवरण मिलान गर्ने बैंकको भनाइ छ ।

जसले गर्दा ग्राहक करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैंकले लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई-टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ ।

एनआईसी एसिया बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, १ सय १८ वटा विस्तारित काउन्टर एवम् ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise