२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बालविवाह अन्त्य गर्न अभिमुखीकरण

Nada
सन्तोष पौडेल
२०८१ साउन २३ गते २२:१४
Shares
बालविवाह अन्त्य गर्न अभिमुखीकरण

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा पालिकास्तरिय बाल अधिकार समिति तथा सरोकारवालाहरुलाई अभिमुखीकरण गराइएको छ ।

ncell

प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) को आयोजनामा बुधबार अभिमुखीकरण गराइएको हो ।

बाल विवाह अन्त्यका सम्बन्धी राष्ट्रिय तथा प्रादेशिक रणनीति, कार्यनीति तथा प्रावधानका बारेमा जानकारी गराउँदै बालविवाह अन्त्यका लागि बाल अधिकार समिति तथा अन्य सरोकारवालाहरुको कर्तव्यका बारेमा जानकारी दिने उद्देश्यले क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बि ग्रुपकी फिल्ड सुपरभाइजर मिना शर्माले बताइन् ।

गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा संविधान तथा ऐनमा उल्लेख भएका बालबालिकाको परिभाषा, विवाहको अर्थ तथा लिङ्ग, उमेर, जात, प्रकृया अनुसार गरिने विवाह एवम् सामाजिक विवाहका प्रकारहरु, बाल विवाह, बालविवाहका असरहरु, नेपालको संविधान २०७२ ले व्यवस्था गरेको बालबालिकाको हक, बालबालिकाहरुप्रति राज्यले लिएको नीति, बालबालिका सम्बन्धी महत्वपूर्ण कानूनी दस्तावेजहरु,  बालबालिकासम्बन्धी ऐन, २०७५ लगायत दिगो विकास लक्ष्य २०३० वारेमा सहभागिहरुलाई अभिमुखीकरण गराउँदै बाल विवाह अन्त्यका लागि सरोकारवालाहरुको कर्तव्यका बारेमा छलफल गरिएको थियो । 

कार्यक्रममा गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्द, पालिकाकाका छ वटै वडाका वडा अध्यक्षहरु, बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरु लगायत विषयगत शाखाका शाखा प्रमुखहरुको  उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण परामर्शदाता  शिवलाल पाण्डेले गरेका थिए ।

सम्बन्धित खबर