२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

कर्णालीमा साउन २५ गते सार्वजनिक बिदा

shivam cement
कुलेन्द्र शाही
२०८१ साउन २३ गते १५:२८
Shares
कर्णालीमा साउन २५ गते सार्वजनिक बिदा

सुर्खेत : कर्णाली प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिएको छ । साउन २५ गते शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी)मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिए । 

मन्त्रालयद्वारा जारी सार्वजनिक बिदासम्बन्धी सूचनामा भनिएको छ, ‘मिति २०८१ साउन २५ गते शुक्रवार साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय (२०८१/०१/१७) मा मन्त्रिपरिषद् बैठकले गरेको छ ।’

ADV

ताजा खबर

सम्बन्धित खबर