२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कर्णालीमा साउन २५ गते सार्वजनिक बिदा

Nada
कुलेन्द्र शाही
२०८१ साउन २३ गते १५:२८
Shares
कर्णालीमा साउन २५ गते सार्वजनिक बिदा

सुर्खेत : कर्णाली प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिएको छ । साउन २५ गते शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

ncell

कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी)मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिए । 

मन्त्रालयद्वारा जारी सार्वजनिक बिदासम्बन्धी सूचनामा भनिएको छ, ‘मिति २०८१ साउन २५ गते शुक्रवार साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय (२०८१/०१/१७) मा मन्त्रिपरिषद् बैठकले गरेको छ ।’

सम्बन्धित खबर