२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता

Nada
२०८१ साउन २३ गते ११:५८
Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दाबी प्रक्रियालाई सरल र सहज बनाउनेसम्बन्धी सम्झौता भएको छ ।

ncell

साउन २२ गते आयोजित एक समारोहका बीच सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष बेदराज बास्तोला तथा सलिकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आवद्ध सवारीधनीले सलिकोमा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परी क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च बापतको क्षतिपुर्ति रकम सहजरुपमा प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित खबर