२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

टर्कीएमा लगातार तेस्रो दिन इन्स्टाग्राम अवरुद्ध

Nada
२०८१ साउन २० गते १६:५७
Shares
टर्कीएमा लगातार तेस्रो दिन इन्स्टाग्राम अवरुद्ध

काठमाडौंः टर्कीएका एक उच्च पदस्थ अधिकारीले अमेरिकी कम्पनीविरुद्ध सेन्सरशिपको आरोप लगाएका कारण टर्कीएका इन्स्टाग्राम प्रयोगकर्ताहरूले आइतबार पनि लगातार तेस्रो दिन सामाजिक सञ्जाल इन्स्टाग्राम अवरुद्ध भएको बताएका छन् । 

ncell

बिटिके सञ्चार प्राधिकरणले आफ्नो वेबसाइटमार्फत शुक्रबार मेटाको स्वामित्वमा रहेको प्लेटफर्मलाई बिना कुनै स्पष्टीकरण अवरुद्ध गरिएको घोषणा गरेको हो । यसको सन्दर्भमा एक अधिकारीले ‘आपराधिक सामग्री’ सम्प्रेषण गर्ने कुनैपनि माध्यमलाई अवरुद्ध गर्न अनुमति दिने नियमलाई उल्लेख गरे । 

‘हाम्रो देशको आफ्नै महत्व र संवेदनशीलता छ । हाम्रो चेतावनीका बावजुद पनि तिनीहरूले आपराधिक विषयवस्तुको सम्प्रेषणमा ख्याल गरेनन्’, यातायात र पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शुक्रबार भने, ‘हामीले हाल इन्स्टाग्राम अवरुद्ध गरेका छौँ । जब उनीहरूले हाम्रो कानूनको पालना गर्छन्, हामी प्रतिबन्ध हटाउँछौँ ।’

राष्ट्रपतिको सञ्चार निर्देशक फहार्टिन अल्तुनले बुधबार इन्स्टाग्रामले ‘मानिसहरूलाई हमास नेता इस्माइल हानियाको लागि शोक सन्देश प्रकाशित गर्नबाट रोकेको’ आरोप लगाएका हुन् । सामाजिक–लोकतान्त्रिक र राष्ट्रवादी विपक्षी दल र अङ्कारा कानुनी परिषद्ले अवरोध हटाउनका लागि शुक्रबार साँझ अदालतहरूमा मुद्धा दायर गरेका छन् । टर्की सञ्चारमाध्यमका अनुसार देशको आठ करोड ५० लाख मानिसमध्ये पाँच करोडको इन्स्टाग्राम अकाउन्ट छ । 

सम्बन्धित खबर