२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बागमती किनारमा एक पुरुष मृत फेला

Nada
२०८१ साउन २० गते ११:३३
Shares
बागमती किनारमा एक पुरुष मृत फेला

काठमाडौँ : ललितपुरको कुपण्डोलस्थित बागमती नदि किनारमा एक पुरुष मृत फेला परेका छन् । ललितपुर महानगरपालिका वडा नम्बर–१ स्थित वडा कार्यालय नजिकै बागमती किनारमा पुरुषको शव भेटिएको हो । 

ncell

अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खबर