२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८२ माघ २९ गते १८:२९
Shares
डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण बस्ने दोलखा शैलुङ गाउँपालिका–४ घर भएका ३९ वर्षीय राकेश भन्ने धावा छिरिङ तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ncell

जिल्ला अदालत दोलखाको २०७४ पुस ४ गतेको फैसलाले डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तामाङ समेतलाई जनही १० वर्ष कैद र १ लाख १ सय ८९ रूपैयाँ क्षतिपूर्ति ठहर भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका–४ गोकर्णबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 


 

uae

सम्बन्धित खबर