२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

Nada
सपना बोहरा
२०८१ साउन १६ गते १७:३६
Shares
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दाङ : दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–४ को चिराघाट खोलाले बगाउँदा तुलसीपुर उपहानगरपालिका-२ झारगाउँका ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो । 

ncell

एकै घरका दाजुभाइलाई झारगाउँबाट शान्तिनगर–४ गिदनियामा आफन्तको घरमा भेटघाट गरी फर्किंदै गर्दा बुधबार दिउँसो चिराघाट खोला तर्ने क्रममा खोलाले बगाएको हो ।

६४ वर्षीय भाइ चेतबहादुर भण्डारी भने पौडिएर ज्यान जोगाउन सफल भएको र दाइ  ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

तेजबहादुरको शव बगेको ठाउँभन्दा एक किलोमिटर दक्षिणमा फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर