२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ

Nada
२०८२ माघ १९ गते १३:२४
Shares
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ

काठमाडौंः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ncell

पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ का ४१ वर्षीय बविलाल लामा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, ‘रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै चार लाख ३५ हजार रकम लिइ लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाइ सम्पर्कविहीन भएको भन्ने पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

निजलाई काठमाडौं महानगरपालिका–३ बाट पक्राउ गरी आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रवक्ता कार्कीले बताए । 

uae

सम्बन्धित खबर