२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नयाँ बसपार्कमा दुई महिनादेखि पार्किङ गरिराखेको बसभित्र भेटियो युवकको शव

Nada
२०८१ साउन १६ गते १३:२५
Shares
नयाँ बसपार्कमा दुई महिनादेखि पार्किङ गरिराखेको बसभित्र भेटियो युवकको शव

काठमाडौं : काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा एक युवकको शव फेला परेको छ ।

ncell

काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो ।

ती युवक सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

युवकको मृत्युको कारण खुलेको छैन । शव मंगलबार साँझ भेटिएकाे हाे । घटनाको प्रकृति हेर्दा ४/५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

मृतक व्यक्ति बसपार्क क्षेत्रमै काम गर्ने गरेको खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर