२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

Nada
२०८२ माघ १२ गते १३:३०
Shares
आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

कैलालीः आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहालको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–१३ राजपुर डेरा गरी बस्ने एक जना पक्राउ परेका छन् ।

ncell

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–८ घर भएका सतिङ दाहाल रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ  । 

घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट सतिङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

  

uae

सम्बन्धित खबर