२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

चार मुक्तक

Nada
गणेश लोहनी
२०८२ पुष १९ गते ०६:०५
Shares
चार मुक्तक

१. 
बम पड्काएर शान्ति कहाँ छाउँछ दुनियाँमा
रोएर अधिकार कसले कहाँ पाउँछ दुनियाँमा
वाचाल पण्डितलाई बिर्साउँछन् राजनेताहरू
फोस्रा गफले समृद्धि कहाँ आउँछ दुनियाँमा ।।

ncell

२. 

चलायो कि टुक्र्याइदिन्छ आरोको के कुरा गर्नु
निलियो कि ज्यानै लिन्छ पारोको के कुरा गर्नु
दुष्ट मान्छेको मन भन्दा अझै कठोर रहेछ यो
काठिँदै मरे नयाँ पालुवा तुसारोको के कुरा गर्नु ।।

३. 
खाऊँ रोटी खाई नसक्नु भनेजस्तै भएको छ
बाउँ मुख बाई नसक्नु भनेजस्तै भएको छ
कुबखतको आहारा कठै जेनजीको घाँडो
दाउ बहर दाई नसक्नु भनेजस्तै भएको छ ।।

४. 
नातिहरूलाई तर्साउन हजुरआमालाई धम्काउँदै छन्
बाका कुरा मनमा गुन्नु स्वयंसेवीलाई सम्झाउँदै छन्
अभिमन्यु घेर्ने चक्रव्यूह रचनामा व्यस्त छन् सकुनीहरू
घाटबाट फर्केकाहरू चोखिन पंचगव्य छम्काउँदै छन् ।।

uae

सम्बन्धित खबर