२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

पर्साको भिखमपुरमा निःशुल्क आँखा शिविर, ३५ जनामा भेटियो मोतियाबिन्दु

Nada
लालबाबु बानिया
२०८२ पुष १० गते २१:३८
Shares
पर्साको भिखमपुरमा निःशुल्क आँखा शिविर, ३५ जनामा भेटियो मोतियाबिन्दु

पर्सा : पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा बिहीबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । धोबिनी गाउँपालिकाको आयोजनामा सम्पन्न शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले आफ्नै आँखा परीक्षण गराएर गरेका थिए ।

ncell

नारायणी आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा १ सय ५५ जनाले आँखा परीक्षण गराएका थिए । परीक्षणका क्रममा ३५ जना मोतियाबिन्दुका बिरामी फेला परेको गाउँपालिकाका शिक्षा प्रमुख जितेन्द्र चौहानले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष देवेन्द्र पटेल, मनौवर अहमद, बन्दु साह तेली, अबास मियाँ चुरिहार, स्वास्थ्य केन्द्र प्रमुख संजय यादव, डाक्टर दीपक राज बिस्ट, धिरज कुमार साह, रामप्रसाद यादव, किशोर यादव लगायत स्थानीयवासीको सहभागिता रहेको थियो । 

शिविरबाट स्थानीय बासिन्दालाई ठुलो सहयोग पुगेको आयोजकले जनाएको छ । विशेषगरी ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन शिविर प्रभावकारी भएको बताइएको छ । यसले स्वास्थ्य सेवाको महत्व र जनचेतनाको आवश्यकता झल्काएको सहभागीहरूको भनाइ छ ।

निःशुल्क आँखा परीक्षणसँगै आवश्यक औषधि पनि वितरण गरिएको थियो । शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरूको नारायणी आँखा अस्पताल, वीरगञ्जमा निःशुल्क शल्यक्रिया गरिने आयोजक संस्थाले जनाएको छ ।

uae

सम्बन्धित खबर