२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

मधेश प्रदेशलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन मन्त्री क्षेत्रीलाई सुझाव

Nada
आबिद हुसेन
२०८१ साउन १२ गते २१:०२
Shares
मधेश प्रदेशलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन मन्त्री क्षेत्रीलाई सुझाव

वीरगञ्ज : नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति राम नारायण कुर्मीले जनताको सेवा गर्न नेपाली कांग्रेसले पाएको अवसरलाई सदुपयोग गर्न नवनियुक्त भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई आग्रह गरेका छन् । 

ncell

मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट उक्त मन्त्रालयमा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका क्षेत्रीलाई स्वागत गर्दै कार्यवाहक सभापति कुर्मीले कृषि उत्पादनमा मधेश प्रदेशलाई  आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याउन सुझाव दिए । 

नवनियुक्त मन्त्री क्षेत्रीलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । उनलाई स्थानीय नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति कुर्मीसहित नेता, कार्यकर्ता तथा समर्थकहरुले उनलाई खादा, टिका र माला लगाएर स्वागत गरेका थिए । 

स्वागत ग्रहण गर्दै मन्त्री क्षेत्रीले मन्त्रालयका सचिव तथा निर्देशकहरुलाई कृषिमा क्रान्ति ल्याउनका लागि नयाँ–नयाँ योजनाहरु बनाउन निर्देशन दिएको बताए ।

त्यस्तै उनले नेपालमा रहेका सबै प्रदेशमध्ये मधेश प्रदेशलाई कृषिमा नमुना प्रदेशको रुपमा विकसित गर्न प्रयासरत रहेको बताए । 

स्वागत तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति अशोक गुप्ता, सचिव दिनेश चौधरी, नवीन सिंह, मदन यादव लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर