२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

प्राकृतिक स्रोत-साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध : मन्त्री घिसिङ

shivam cement
२०८२ मंसिर १० गते १२:०२
Shares
प्राकृतिक स्रोत-साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध : मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले देशमा उपलब्ध प्राकृतिक स्रोत-साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको बताएका छन् । 

राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले वन जंगलबारे बनाइएका कडा कानुनका कारण देशले ठुलो आर्थिक सम्भावना गुमाइरहेको बताएका हुन् ।

उनकाअनुसार वन क्षेत्रलाई ‘इकोलोजी संरक्षण’ को नाममा प्रयोग गर्न नदिँदा राज्यले ठुलो मात्रामा आयातमा निर्भरता बढाउनुपरेको छ । चीन र मलेसिया जस्ता देशबाट ४ खर्ब बराबरका काठका उत्पादनहरू नेपाल आयात गर्नुपरेको उनले बताए । तर आफ्नै वनमा रहेका कच्चा पदार्थ भने कुहाएर फाल्नुपरेको उनको भनाइ छ ।

वन व्यवस्थापनका वर्तमान कानुन अत्यधिक प्रतिबन्धात्मक भएको भन्दै उनले पाँच वर्षमा एउटा रुख काट्न समेत कठिन हुने बताए । वनको एउटा रुख काट्नु र मान्छे काट्नुमध्ये रुख काट्न धेरै गाह्रो रहेको उनको टिप्पणी छ । यस्ता ऐन–कानुनका कारण देश विकास नहुने भन्दै उनले सबैकुरा परिवर्तन गर्न आवश्यक रहेको बताए । 

उनले आगामी दिनमा नयाँ नेतृत्वले यस्ता नीतिगत अवरोध हटाई स्रोत–साधनको दिगो उपयोगतर्फ ध्यान दिनुपर्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर