२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

Nada
२०८२ मंसिर १० गते ०८:०९
Shares
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन रहेको छ ।

चुनावमा सहभागिताका लागि १० मंसिरसम्म दल दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । मंगलबारसम्म कूल ८० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।

केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले, राजेन्द्र प्रसाद लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, रन्जिता श्रेष्ठ (चौधरी)अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, देव प्रकाश त्रिपाठी अध्यक्ष रहेको नागरिक शक्ति नेपाल, हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी नेपाल रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि प्रतिनिधिसभा निर्वाचन प्रयोजनको लागि दर्ता भइसकेको आयोगले जनाएको छ । 

laxmi recruitement

सम्बन्धित खबर