२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

चोरीमा संलग्न दुई भारतीय पक्राउ

shivam cement
२०८२ मंसिर ९ गते २१:२८
Shares
चोरीमा संलग्न दुई भारतीय पक्राउ

काठमाडौं : काठमाडौंमा नगद र गरगहना चोरीमा संलग्न दुई भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोतीयारीका २२ वर्षीय सुनिल साह र आन्ध्र प्रदेशका २६ वर्षीय रमेश कालम छन् ।

उनीहरूले कात्तिक ३० गते रातोपुलस्थित एक घरको ताल्चा फोरेर लकरसहितका सुन–चाँदीका गहनाहरू चोरी गरेको ठहरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा मालीगाउँ प्रहरीले सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । सोधपुछपछि उनीहरूको डेराबाट तीन लाख रुपैयाँ नगद, सुन–चाँदी तथा अन्य सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ADV

सम्बन्धित खबर