२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

कोशीमा मदरसा शिक्षा बोर्ड गठन गर्न माग

shivam cement
प्रवेश बिष्ट
२०८२ मंसिर ९ गते २१:००
Shares
कोशीमा मदरसा शिक्षा बोर्ड गठन गर्न माग

विराटनगर : मुस्लिम समाज मोरङ विराटनगरले कोशी प्रदेशमा मदरसा शिक्षा बोर्ड गठन गर्न माग गरेको छ । मंगलबार प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै मुस्लिम समाजले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठन गर्न आग्रह गरेको हो । 

मुस्लिम समाज मोरङका संयोजक साहेब अहमद (गुड्डु) नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३ सय ५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस्थाहरू सञ्चालनमा रहेको उल्लेख गरिएको छ । मुस्लिम बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रम अनुसार शिक्षा प्रदान गर्दै आएका यी संस्थाहरू आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभावमा चुनौतीमा परिरहेका कारण बोर्ड गठन अपरिहार्य भएको उनीहरूको माग छ ।

ज्ञापनपत्रमा संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति–२०७६ ले मदरसा शिक्षालाई मूलधारमा ल्याउने व्यवस्था गरेको उल्लेख गर्दै, प्रदेश सरकारले सो नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।  सो अवसरमा मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायले राखेको मागलाई गम्भीर रूपमा लिएको बताउँदै, त्यसलाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आश्वासन दिए । मुलुक बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक भएको उल्लेख गर्दै उनले प्रदेश सरकार सबै धर्म र संस्कृतिको संरक्षण तथा सम्मानमा अग्रसर रहने धारणा व्यक्त गरे । 

ADV

सम्बन्धित खबर