२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अपाङ्गतामैत्री बजेट ल्याउँछौं : मुख्यमन्त्री सोडारी

Nada
सुनिल आउजी
२०८१ जेठ २४ गते २०:४४
Shares
अपाङ्गतामैत्री बजेट ल्याउँछौं : मुख्यमन्त्री सोडारी

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अपाङ्गता भएका विपन्न वर्गका जनसमुदायको पक्षमा प्रदेश सरकार सदैव लागिपर्ने बताएका छन् । आदिवासी जनजाति अपाङ्गता महिला संघ नेपाल नीडवान्को आयोजनामा धनगढीमा सञ्चालित चार दिने अन्तर प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन गर्दै मुख्यमन्त्री सोडारीलेसो कुरा बताएका हुन् ।

ncell

सरकारले आगामी आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रम तयार पारिरहेका आफ्नो हकअधिकार दायित्वबारे स्मरण गराएकोमा धन्यवाद दिँदै उनले भने, ‘अहिलेसम्म सरकारले पूर्णता नपाए पनि जति दिन हामी सरकारमा रहन्छौं, हाम्रो समाजमा रहेका कुनै पनि लक्षित समुदायलाई निराशा पैदा हुन दिने छैनौँ ।’

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले अपाङ्गता लगायत लक्षित समुदायको जीविकोपार्जन सहज पार्न प्रदेश सरकारले पञ्चवर्षीय योजनामा विभिन्न कार्यक्रम समेटेको जानकारी दिए ।

यसअघि राष्ट्रिय अपाङ महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदले गतवर्ष प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई होच्याएको र बजेट पनि कटौती गरेकोले २१ दिनसम्म सडक आन्दोलन गर्नुपरेको स्मरण गराउँदै अब फेरि त्यो अवस्था सिर्जना नआउन दिन आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर