
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी ६० रुपैयाँले बढेर प्रतितोला तीन हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।