२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

उत्कृष्ट करदाता सम्मानित

shivam cement
२०८२ मंसिर १ गते २०:५३
Shares
उत्कृष्ट करदाता सम्मानित

काठमाडौं : सरकारको प्रमुख आम्दानी स्रोत कर हो । मुलुकलाई आत्मनिर्भर बनाउन सबैभन्दा बढी कर तिर्ने विभिन्न १६ करदातालाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक कर तिर्ने व्यक्तिगत करदातातर्फ राजबहादुर शाह उत्कृष्ट करदाता बनेका छन् । राजबहादुर जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् । उनी गत वर्ष पनि व्यक्तिगततर्फ उत्कृष्ट करादाता बनेका थिए । 

२०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर लागू भएको दिनलाई आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । २०६९ सालबाट सबैभन्दा धेरै कर तिर्ने व्यक्ति, संस्था तथा कम्पनीलाई विभागले सम्मान गर्दै आएको छ । करदातालाई सम्मान गर्न थालेको विभागले पहिलो वर्ष व्यक्तिगततर्फ बढी कर तिर्ने पृथ्वीबहादुर पाँडेलाई सम्मान गरेको थियो । अर्थमन्त्री रामेश्वर खनालले सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन् । यस वर्ष नेपाल दूरसञ्चार प्राधिकरण सबैभन्दा धेरै आयकर तिर्ने निकायबाट सम्मानित भएको छ । एकलौटी फर्ममध्ये भने थर्ड आई इन्टरनेसनलले उच्चतम आयकर तिरेको छ । वस्तु निर्यात कारोबार गर्ने समूहतर्फ डाबर नेपाल र सूचना प्रविधि सेवा निर्यातमा संलग्न भेरिक्स नेपालले सबैभन्दा धेरै कर तिरेको भन्दै सरकारले सम्मान गरेको हो । 

त्यस्तैगरी, कृषि तथा पशुपक्षीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म, बैंक, वित्तीय संस्था तथा बिमा कारोबार समूहमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक शीर्ष करदाताका रूपमा सम्मानित भएको छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रका नोबेल हस्पिटल र पर्यटन व्यवसाय समूहमा सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाता बनेका छन् । वस्तु व्यापारको क्षेत्रमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले सबैभन्दा धेरै कर तिरेको छ । वार्षिक कारोबार (५० करोडदेखि १ अर्ब रुपैयाँसम्म) कारोबार गर्नेमा सिडिएस एन्ड क्लियरिङ लिमिटेड, उत्पादक उद्योग समूहमा भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आइएमई लिमिटेड सम्मानित भएको विभागले जनाएको छ । त्यस्तै, वार्षिक कारोबार (५० करोडसम्म) गर्ने व्यवसाय समूहमा मिएफ सर्भिसेज र विशेष उद्योग समूहमा युनिलिभर नेपाल उत्कृष्ट करदाता बनेको हो । करदातालाई सम्मान गर्दै अर्थमन्त्री रामेश्वर खनालले इमानदार व्यवसायीलाई अनावश्यक झमेला दिने फुल अडिट हटाइएको बताए । अर्थमन्त्री खनालले कर प्रणाली सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै अर्थतन्त्र ठुलो बन्ने हो भने कराधार स्वाभाविक बढ्ने बताए । त्यसका लागि व्यावसायिक गतिविधि विस्तार गर्न आवश्यक रहेको बताए । 

अर्थ सचिव घनश्याम उपाध्यायले राजस्व प्रशासनलाई बलियो बनाउँदै ‘फेसलेस अडिट’को व्यवस्थातर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । अर्थसचिव उपाध्यायले रोजगारी केन्द्रित लगानीमा जोड दिनुपर्ने, राजस्व प्रशासनलाई आधुनिक बनाउनुपर्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनले उठाएका मुद्दाहरू सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, असल नियतका भए पनि त्यस क्रममा उद्योगी–व्यवसायीका निजी तथा व्यावसायिक संरचनामा गरिएका आक्रमणले निजी क्षेत्रमा निराश भएको बताए । 

सबैभन्दा धेरै कर तिर्ने

- सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार प्राधिकरण
- एकलौटी फर्म : थर्ड आई इन्टरनेसनल
- वस्तु निर्यात : डाबर नेपाल 
- सूचना प्रविधि निर्यात : भेरिक्स नेपाल 
- कृषि एवं पशुपंक्षीजन्य उद्योग : पोषक ब्रिडर फार्म 
- बैंक : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक 
- स्वास्थ्य संस्था : नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल 
- पर्यटन व्यवसाय : सोल्टी होटल 
- वस्तु व्यापार : भाटभटेनी 
- कारोबार : सिडिएस एन्ड क्लियरिङ
- ऊर्जामूलक उद्योग : भोटेकोशी पावर कम्पनी
- रेमिट्यान्स कम्पनी : आइएमई
- व्यक्ति : राजबहादुर शाह
- विसं २०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको कर तिर्ने  ः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
- वार्षिक कारोबार ५० करोडसम्म व्यवसाय गर्ने समूह :  मिएफ सर्भिसेज 
- विषेश उद्योग : युनिलिभर

ADV

सम्बन्धित खबर