२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

बाराको सिमरामा कर्फ्यू आदेश जारी

shivam cement
२०८२ मंसिर ३ गते १२:४५
Shares
बाराको सिमरामा कर्फ्यू आदेश जारी

बारा : बाराको सिमरा क्षेत्रमा सोमबार मध्याह्नदेखि कर्फ्यू आदेश लागू गरिएको छ । स्थानीय प्रशासनले बिहानदेखि बढ्दै गएको तनाव र दोहोरो भिडन्तको सम्भावना देखिएपछि आकस्मिक रूपमा कर्फ्यू घोषणा गरेको हो ।

सिमरा विमानस्थल आसपास जेनजी युवाहरूले प्रदर्शन गरिरहेकै बेला एमाले निकट युवा संघका कार्यकर्ताहरू पुग्दा दुवै पक्षबीच वादविवाद हुँदै झडपको स्थिति उत्पन्न भएको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन प्रयासरत प्रहरीसँग पनि जेनजी समूहको धक्का–मुक्की भएपछि अवस्था थप जटिल बनेको प्रशासनको भनाइ छ ।

सोही क्रममा क्षेत्र एकाएक तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी धनेन्द्रकुमार मिश्रले पुष्टि गरेका छन् । कर्फ्यू मुख्यतः सिमरा विमानस्थल तथा नजिकका संवेदनशील क्षेत्रमा केन्द्रित गरिएको छ ।

आज परवानीपुरमा नेकपा एमाले निकट युवा संघद्वारा मधेश प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला र महेश बस्नेत आउने सूचना सार्वजनिक भएपछि विभिन्न समूहले कार्यक्रम विरोधमा सक्रियता बढाएका थिए । नेताहरूको आगमनलाई रोक्न जेनजी समूहले विमानस्थल क्षेत्रमा प्रदर्शन थालेपछि वातावरण झन् उग्र बनेको हो ।

ADV

सम्बन्धित खबर