२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

shivam cement
२०८२ कार्तिक ३० गते १४:५९
Shares
निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

काठमाडौं : निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् । आयोगले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् ।

उनकाअनुसार यस अवधिमा सात वटा दल खारेज भएका छन् भने सात वटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।  खारेज भएकाहरूमध्ये एउटा राजनीतिक दललाई सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दल नेतृत्वको आग्रहमा खारेज भएको उनको भनाइ छ ।

उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए । भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो । भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागी हुन पाउने पनि बताए । 

उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत बताए । उनकाअनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहने छ ।

शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीका लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर