२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दल आज पनि आन्दोलित

shivam cement
२०८२ कार्तिक ३० गते ११:४४
Shares
मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दल आज पनि आन्दोलित

काठमाडौं : मधेश प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

मधेश प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरू मधेश भवन अगाडि धर्नामा बसेका हुन् । नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए ।

उनले सर्वोच्च आदलतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेशी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरु सम्मान गर्ने बताउँदै त्यसपछि आफूहरु ७ दलीय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरुपको विषयमा छलफल गर्ने बताए । 

७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । आइतबार उनीहरु नेपालको राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर