२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

बिरेन्द्र कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ कार्तिक २९ गते १५:५१
Shares
बिरेन्द्र कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

रौतहट : जिल्लाको सदरमुकाम गौरस्थित बिरेन्द्र कपास उद्योगमा भीषण आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । दिउँसो करिब २:३० बजे आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको हो । 

उद्योगका सञ्चालक धिरेन्द्र चौरसियाले आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेका छन् । कपास उद्योगमा आगलागी भएको खबर पाउनसाथ घटनास्थलमा गौर नगरपालिकाको दमकल, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरू तत्काल परिचालन भएका थिए । सबैको सक्रिय सहयोग र प्रयासमा आगोलाई थप फैलिन नदिई नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण खुल्न नसके पनि प्रारम्भिक अनुसन्धान विद्युत सर्टका कारण भएको हुनसक्ने अनुमान गरिएको हो । सञ्चालक चौरसियाका अनुसार आगलागीबाट कपास प्रशोधनका लागि प्रयोग हुने मेसिनरी, कच्चा पदार्थ र तयार पारिएका सामग्रीहरुमा ठूलो क्षति पुगेको हो।

​जिल्ला प्रहरी कार्यालय रौतहटले आगलागीको थप विवरण र यकिन क्षतिको आँकलन गर्न अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

ADV

सम्बन्धित खबर