
काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।
बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने बताए ।
उनले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको बताए । उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’
गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।