
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको 'मातृभूमि जागरण अभियान, नेपाल' का बीच आज पेरिसडाँडामा सहमति पत्रमा हस्ताक्षर भएको छ ।
घोषणा सभाअघि नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारीबारे आपसी सहमतिमा गर्ने, पार्टीको विधान, राजनीतिक प्रतिवेदनहरु सहमतिमा नै तयार पार्ने उल्लेख छ ।
