२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

विद्यार्थीलाई विद्यालय पोसाक वितरण

shivam cement
कृष्ण तिवारी
२०८२ कार्तिक २० गते १८:५२
10 Shares
विद्यार्थीलाई विद्यालय पोसाक वितरण

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिआवास्थित बालसदन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच विद्यालयमा अध्ययनरत १०५ जना विद्यार्थीलाई आर्थिक वर्ष २०८१/८२ को छात्रवृत्ति रकमबाट विद्यालय पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रेनुका हुमागाईंले जानकारी दिइन् ।

विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालयमा उपस्थित गराउन र पठनपाठनमा सहजता प्रदान गर्न पोसा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपनारायण धामीले बताए ।

विद्यालयमा अध्ययनरत दलित विद्यार्थी तथा छात्राहरूका लागि प्राप्त छात्रवृत्ति रकमबाट शिशु कक्षादेखि कक्षा ५ सम्मका कुल ४८० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको प्रधानाध्यापक हुमागाईंले उल्लेख गरिन् । विद्यालय पोसाक शैक्षिक सुधारको महत्वपूर्ण अंग भएकाले यसबाट सम्पूर्ण विद्यार्थीहरूको शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्य राखिएको वडाध्यक्ष मञ्जयकुमार चौधरीले बताए ।

सोही अवसरमा वडाध्यक्ष चौधरीले विद्यार्थीहरूलाई खेलकुदका लागि आवश्यक सामग्री पनि वितरण गरे । पोसाक वितरण कार्यक्रममा पूर्वशिक्षा संयोजक सुवोध यादवको अध्यक्षता रहेको थियो भने विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर