२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

कटहरिया नगरपालिकामा तलब विवाद : ९ दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ कार्तिक २० गते १५:५०
Shares
कटहरिया नगरपालिकामा तलब विवाद : ९ दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प

​रौतहट : रौतहटको कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जयसवाल र कर्मचारीहरूबीचको तलब विवादले प्रशासनिक कामकाज पूर्ण रूपमा अवरुद्ध भएको छ । बक्यौता तलब र सुविधा नदिएको भन्दै करार तथा अस्थायी कर्मचारीहरूले लगातार ९ दिनदेखि नगरपालिका कार्यालय र सबै वडाहरूमा तालाबन्दी गरेका छन् । बिहीबार पनि उनीहरूले मुख्य गेटअगाडि टायर बालेर विरोध जनाए ।

विवादको जड मेयर जयसवालले ७० जनाको सट्टा १७० जनाको नाममा तलब निकासा गर्न दबाब दिएको कर्मचारीहरूको आरोप छ । यसमा असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले भुक्तानी रोकेका थिए । मेयरले भने अधिकृतले अटेर गरेको दाबी गरेका छन् ।

"हामीले पटक–पटक लिखित र मौखिक आश्वासन पायौं, तर कार्यान्वयन शून्य छ," एक आन्दोलनकारीले भने । तालाबन्दीका कारण जन्मदर्ता, मृत्युदर्ता, सिफारिसलगायत अत्यावश्यक सेवाहरू ठप्प छन् । हजारौं स्थानीय सेवाबाट वञ्चित छन् ।

मेयर जयसवालले वडाध्यक्षहरूले कर्मचारीको हाजिरी, नियुक्तिपत्र र विवरण नबुझाएकाले ढिलाइ भएको बताएका छन् । "म सबैको तलब दिन तयार छु, तर आधारहीन तालाबन्दीले जनता दुःखी छन्," उनको भनाइ छ ।

विगतमा पनि यस्तै विवादले ३१ दिनसम्म तालाबन्दी भएको थियो । कर्मचारीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर