 
    
    
        
        
  
 
                  
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ३९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य स्थिर रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी ८० रुपैयाँले बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।