२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

पुष्पलाल स्मृति दिवसको अवसरमा वृक्षारोपण

Nada
शहबाज खान
२०८१ साउन ७ गते २२:१२
Shares
पुष्पलाल स्मृति दिवसको अवसरमा वृक्षारोपण

कपिलवस्तु : नेकपा एमाले कपिलवस्तुले बहादुरगंजमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  पुष्पलाल स्मृति दिवसको अवसरमा एक कार्यक्रमको आयोजनागरी कृष्णनगर नगरपालिकाको बहादुरगंजमा वृक्षारोपण गरेको हो । 

ncell

एमाले कपिलवस्तु कमिटीका अध्यक्ष बाबूराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कमिटी सदस्य गिरधारीलाल न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा  प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसी, नेकपा एमाले कृष्णनगर कमिटीका इन्चार्ज शिव प्रसाद जयसवाल र केन्द्रीय नेता सुशील श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लालले बिरुवाबाट स्थानीयबासीहरुलाई फाइदा हुने बताउँदै यसले शुद्ध फलफुल खान समेत मिल्ने र मानव जीवनलाई अतिनै आवश्यक पर्ने अक्सिजनको खानिको रुपमा रहेको बताए । 

नेकपा एमाले कृष्णनगर कमिटीका इन्चार्ज शिव प्रसाद जयसवालले वृक्षारोपण गरिएको बिरुवालाई आफु र स्थानीयबासिहरु मिलि संरक्षण गर्ने बताए ।

कार्यक्रममा स्थानीय अगुवा नेता महेश जयसवाल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, बृजेश कुमार गुप्ता, पूर्व अध्यक्ष छबि लाल पोखरेल,जगदीश प्रसाद गुप्ता,शारदा शर्मा, बिजय गुप्ता, मनोज कुमार जयसवाल, खुम प्रसाद आचार्य, बिजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, अटल यादव, सुशीला दरलामी, शंकर पाण्डेय, सीबि गहतराजलगायत नेताहरु र स्थानीयबासीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर