२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

प्रधानमन्त्रीमा कार्कीले शपथ नलिँदासम्म मेरो मोबाइल सिज गरिएको थियो : ओली

shivam cement
मध्यान्ह
२०८२ कार्तिक २ गते १५:१६
प्रधानमन्त्रीमा कार्कीले शपथ नलिँदासम्म मेरो मोबाइल सिज गरिएको थियो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले शपथ नलिँदासम्म आफ्नो मोबाइल सिज गरिएको खुलासा गरेका छन् ।

आइतबार राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि आफू सेनाको सुरक्षा रहेको बताउँदै प्रधानमन्त्री सुशीला कार्कीले शपथ नलिँदासम्म मोबाइल सिज गरिएको बताए । सिज गरिएको मोबाइल आफूले भदौ २७ गते मात्र पाएको उनले दाबी गरे ।

ओलीले आफूले जेनजीका असली अगुवासँग छलफल गरेको बताउँदै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन माग नगरेको दाबी गरेका छन् । जेनजी आन्दोलनमा घूसपैठ भएको र त्यसपछिका घटनाक्रमहरूमा असली जेनजीहरूलाई धोका भएको उनले दाबी गरे । 

उनले आफूले पनि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस नगरेको दाबी गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise