२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

अध्यक्ष छाड्दिनँ, अब महाधिवेशन प्रतिनिधिसँग फैसला मागौँला : ओली 

shivam cement
मध्यान्ह
२०८२ असोज ३१ गते १८:३२
अध्यक्ष छाड्दिनँ, अब महाधिवेशन प्रतिनिधिसँग फैसला मागौँला : ओली 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएकाले अध्यक्ष पद नछाड्ने बताएका छन् । 

केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै नेतृत्वबारे आउँदो महाधिवेशनमै प्रतिनिधिसँग फैसला माग्ने भएकाले अहिल्यै तिक्तता तिर नलाग्न आग्रह गरे । 

‘केही साथीले राजीनामा माग्नु भएको छ । ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ,’ अध्यक्ष ओलीले भने, ‘मेरो राजीनामाबारे अब महाधिवेशनमा छलफल गरौंला, प्रतिनिधिहरुसँग फैसला मागौंला । पार्टीलाई तिक्ततामा नलगौँ, मित्रतासाथ जाऔं ।’

ओलीको आलोचना गर्ने क्रममा केही पदाधिकारीहरुले नेतृत्व हस्तान्तरण हुने धैर्यतापूर्वक प्रतीक्षा गरिरहेको बताएका थिए । त्यसको जवाफ दिँदै उनले पार्टी कसैको दबाबले नचल्ने भनेका छन्। ‘नीतिले चल्छ, विधिले चल्छ । जबरजस्तीबाट पार्टी चल्दैन, पार्टी सामूहिक ढंगबाट चल्छ, कहिलेकहीं आफूले भने जसरी चल्दैन् । साथीहरुले म धैर्य छु भन्नुभयो। म पनि धैर्य छु, म त अध्यक्ष हो’, ओलीको भनाइ थियो । 

उनले जेनजी आन्दोलनबाट भएको परिवर्तन सकारात्मक नभएको दाबी पनि गरेका छन् । ‘यो क्रान्तिकारी परिवर्तन होइन । यसमा दुविधा हुन पर्दैन । पार्टी यसको पक्षमा छैन,’ ओलीले भने, यसले चुनाव पनि गराउँदैन् । उनीहरुको लक्ष्य चुनाव होइन । अब बाँकी ४ महिना छ, चुनाव हुँदैन, नहुने चुनावमा हामी जानु हुन्न ।’ 

ओलीले आफूलाई पक्राउ गर्ने तयारी भए पनि कमजोरी नभेटिएकाले सरकार पछि हटेको दाबी पनि गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise