काठमाडौं : नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठकको तेस्रो दिन पनि बैठक जारी छ ।
ललितपुर, जावलाखेलस्थित भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि हालसम्म केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम सुरु भएको जानकारी दिए । उनका अनुसार स्थायी कमिटी सदस्यले धारणा राखेपछि पदाधिकारी र त्यसपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्न तथा सुझावबारे एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यतालिका रहेको छ ।
स्थायी कमिटी सदस्य र पदाधिकारीलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइने उनले बताए । स्थायी कमिटीमा पार्टी पदाधिकारीबाहेक २३ जना सदस्य छन् । यही असोज २९ गतेदेखि जारी रहेको बैठक आज सकिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।