२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

shivam cement
मध्यान्ह
२०८२ असोज ३१ गते १३:१८
माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ । 

गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरुपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो । परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

उनले जारी गरेको सार्वजनिक अपिलमा आधुनिकतासँगै गाउँघरमा माटोले घर लिप्ने चलन घट्दै गएकाले गाउँको मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचान कमजोर बनाएको जनाउँदै आउँदो तिहारदेखि कमेरो (सेतो माटो) र रातो माटोले घर लिपपोत गर्ने अनुरोध गरिएको हो । 

“दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”, थिङले भने । पुर्खाले सदियौँदेखि दीपावलीमा कमेरो र रातो माटोले घरआँगन लिप्ने परम्परा जोगाउँदै आएकाले यस वर्षदेखि हरेकका घरमा उक्त परम्परा जोगाउने अभियान नै थालिएको गाउँपालिकाले जनाएको छ । यसबाट नागरिकका घर शृङ्गारिकता देखिने तथा पर्यटन प्रवद्र्धन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको हो । 

अभियानका लागि गाउँपालिकाको सबै नागरिक, टोल समिति तथा विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise