२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

तत्काल कार्यवाहक सभापति तोक्न देउवालाई शशांकको आग्रह

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते १६:५१
तत्काल कार्यवाहक सभापति तोक्न देउवालाई शशांकको आग्रह

काठमाडौंः नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए । 

नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे । 

नेता कोइरालाले भने, ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस । एक जनालाई कार्यबहाक सभापति दिनुस । उनले गठन गर्दछन । र उनले मिति तय गर्दछन । मलाई लाग्दछ–मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’

नेता कोइरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise