२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते ०८:१०
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ : नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ । नेताहरू बोल्ने क्रम नसकिएपछि आज पनि बैठक जारी हुने भएको हो ।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी भएपछि नेताहरू बोल्ने क्रम नसकिएकोले फेरि आजका लागि बैठक बोलाइएको हो । बैठक बिहान ११ बजे बस्ने छ । 

मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् ।

आगामी २६ गते बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै सोही पेरिफेरीमा छलफल भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise